सुदूर नेपाललाई विश्वसँग जोड्दै

कटरीनालाई पनि कोरोना संक्रमण

२०७७ चैत्र २५, ०४:३२ खबर संवाददाता

काठमाडौँ: बलिउड अभिनेत्री कटरीना कैफलाई पनि कोरोना संक्रमण भएको छ।

कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको बताएकी हुन्। मिडिया रिपोर्टका अनुसार अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कटरीनालाई पनि कोरोना संक्रमण भएको हो।

पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ भने यसको चपेटामा बलिउडका कलाकार पनि परिरहेका छन्।

कमेन्ट लोड गर्नुस