सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकलाई धम्की दिनेले माफी मागेपछि दार्चुलाको गोकुलेश्वर अस्पतालद्वारा सेवा सुचारु

२०७७ चैत्र २२, १२:०९ खबर संवाददाता

धनगढीः अस्पतालमा काम गर्ने चिकित्कलाई ज्यान मार्ने धम्की आएको भन्दै सेवा ठप्प पारेको दार्चुलाको गोकुलेश्वर प्राथमिक अस्पतालमा सेवा सुचारु भएको छ।  

शनिबार विहान विज्ञप्ति जारी गर्दै अस्पतालले आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। 

तर शनिबार दिउँसो इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा अस्पताल प्रशासन र मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौच तथा कुटपिटको प्रयास गरेको र ज्यान मार्ने धम्की दिने भनिएका व्यक्तिसँग लिखित सहमति भएको छ। 

आगामी दिनमा त्यस्तो कार्य नगर्ने सोही सहमति र सार्वजनिक रुपमा माफी मागेपछि आइतबारबाट बन्द गर्ने भनिएका सेवा सुचारु गरेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।   

सम्बन्धित समाचार 
चिकित्सकलाई ज्यान मार्ने धम्की आएको भन्दै दार्चुलाको गोकुलेश्वर अस्पतालद्वारा सेवा ठप्प

 

कमेन्ट लोड गर्नुस