मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली सीआईडी नेपालका सल्लाहकार समिति संयोजक

२०७७ चैत्र २१, ०१:४५
धनगढी: मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव सिंह ओली सामाजिक संस्था सीआईडी नेपालको सल्लाहकार समिति संयोजकमा नियुक्त भएका छन्।
युवा नेता ओली संस्थाको सल्लाहकार प्रमुखमा नियुक्त भएका हुन्। सो संस्था स्थापना कालदेखि मानव जीवनका महत्वपूर्ण क्रियकलापमा सहयोगी बन्दै आएको बताइएको छ।

संस्थाले भ्रष्टाचार नियन्त्रण, प्राकृतिक तथा कृतिम जोखिम न्यूनीकरण, वातावरण प्रवद्र्धन, कृषिलगायतका क्षेत्रमा काम गर्दै आएको बताइएको छ।



कमेन्ट लोड गर्नुस