सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

२०८२ असोज २२, ०६:१५ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेका उनीहरू पक्राउ परेका हुन पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का २५ वर्षीय घनश्याम जोशीसहित १२ जना रहेका छन। उनीहरू गत राति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १५ हजार ६ सय १५ रुपैयाँ र २ बुक ता सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस