सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको दुर्गाथलीमा सोलार लिफ्टबाट खानेपानी

२०७७ चैत्र २१, १२:४७ खबर संवाददाता

बझाङ : बझाङ दुर्गाथली गाउँपालिका सोलार लिफ्टबाट खानेपानी योजना सञ्चालन गरिएको छ। खानेपानी आएपछि वडा नम्बर ३ र ४ का १ सय ९६ घरधुरीलाइ राहत मिलेको छ।

विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ। पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको र पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्थाको अन्तय भएको स्थानीय दीपेन्द्रबहादुर माडले बताए। 

दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राविधिक बिकास सेवा समूह बझाङको सहयोगमा १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्त योजना सम्पन्न भएको हो।

अहिले गाउँको काँडागाउँ, देउलेख, थलचौरमा पानी चडेको र सेला गाउँमा केही दिनमा वितरण गरिनेसमेत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक कृष्ण प्रसाद जोशीले बताए। 

कमेन्ट लोड गर्नुस