सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम

२०७७ चैत्र १५, ०६:२० खबर संवाददाता

धनगढीः दार्चुलामा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम दिइएको छ ।

कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधार तथा कुपोषण सम्बन्धी समुदायमा सचेतना फैलाउनका निम्ति स्वास्थ्यकर्मीहरुलाई नौगाड गाउँपालिकामा वृहत पोषण तथा क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताइएको छ ।

स्वास्थ्य र पोषण सम्बन्धी नीति, गर्भवती, सुत्केरी तथा नवजात शिशु स्याहार, परिवार नियोजनलगायतका विषयमा केन्द्रित रही तालिम सञ्चालन गरिएको जनाइएको छ । सात दिनसम्म सञ्चाल गरिएको सो तालिम शनिबार सम्पन्न भएको हो ।  
 

कमेन्ट लोड गर्नुस