सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ८५ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

२०७७ चैत्र १४, ०५:१४ खबर संवाददाता

काठमाडौँ: शनिबार नेपालमा ८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ।

हाल देशभर १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ७ सय ४५ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। 

देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस