सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिभाषा

२०७७ चैत्र १४, १२:०१

घुम्तीहरु बदलिन्छन्
यात्रा बदलिनु हुन्न
सोचहरु बदलिन्छन्
दृष्टिकोण बदल्लिनु हुन्न।।

खुड्किलाहरु बदलिन्छन्
खुट्टाहरु बदल्लिनु हुन्न
बटुवाहरु बदलिन्छ्न्
गोरेटो बदल्लिनु हुन्न।।

नाताहरु बदलिन्छन्
मानवता बदल्लिनु हुन्न
बुख्यांचाहरु बदलिन्छन्
दृढता बदल्लिनु हुन्न।।

परेलीहरु बदलिन्छन्
नजर बदल्लिनु हुन्न
बाच्छिटाहरु बदलिन्छन्
रगत बदल्लिनु हुन्न।।
 
समय बदलिन्छन्
सीमा बदल्लिनु हुन्न
भडकाव बदलिन्छन्
भाव बदल्लिनु हुन्न।।

आँशुहरु बदलिन्छन्
आशा बदल्लिनु हुन्न
निराशाहरु बदल्लिन्छन्
परिभाषा बदल्लिनु हुन्न।।।।
 

कमेन्ट लोड गर्नुस