दार्चुलामा अवरुद्ध सञ्चार सेवा सुचारु
२०७७ चैत्र १३, ०४:३५
धनगढी: दार्चुलामा चार दिनदेखि अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ ।
गत मंगलबारदेखि अवरुद्ध फोन तथा इन्टरनेट सेवा शुक्रबारबाट सुचारु भएको नेपाल टेलिकम दार्चुलाले बताएको हो ।
बैतडीको पाटन–खोड्पे क्षेत्रमा अप्टिकल फाइबर काट्दा दार्चुलामा फोन तथा इन्टरनेट सेवा अबरुद्ध भएको बताइएकोे छ ।
टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि नागरिकहरु सञ्चार सेवाबाट बञ्चित भएका थिए ।
कमेन्ट लोड गर्नुस