सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर, उपमेयर कप फुटवलः वडा नम्बर १ र ७ विजयी

२०७७ चैत्र ११, ०८:३१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर, उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर ७ विजयी भएको छ। 

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा वडा नम्बर १ र वडा नम्बर ७ तथा महिलातर्फको खेलमा पनि वडा नम्बर ७ विजयी भएको छ।

जुगेडास्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर ५ लाई ३–० ले हरायो। 

पुरुषतर्फको अर्को खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३–० ले पाखा लगायो। महिला तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २–० ले हरायो। 

प्रतियोगिताअन्तर्गत बिहीवार पनि तीन वटा खेलहरु हुनेछन्। चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत बिहीवार पुरुषतर्फका दुई र महिलातर्फको एक खेल हुने बताइएको छ। 

कमेन्ट लोड गर्नुस