प्याब्सन मेयर, उप–मेयर क्रिकेटः छात्रातर्फ अपि फाइनलमा
धनगढीः धनगढीमा जारी प्याब्सन मेयर, उप–मेयर क्रिकेट प्रतियोगिताअन्तर्गत छात्रातर्फको खेलमा वेष्टर्न क्रिष्टल ऐकडेमी फाइनल प्रवेश गरेको छ। यसैगरी छात्रतर्फ विद्याभुषण पब्लिक स्कुल र ज्योती इङलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।
मंगलबार सम्पन्न छात्रातर्फको अन्तिम सेमिफाइलन खेलमा वेष्टर्न क्रिस्टल ऐकेडेमीलाई ४७ रनले पराजित गर्दै अपि विद्या निकेतन फाइनलमा प्रवेश गरेको हो।
टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको अपि विद्या निकेतनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो। उसका लागि अस्मिता धामीले अर्धशतकीय पारी खेलदै ५३ र अनिशा बोहराले १६ रन बनाइन्। बलिङतर्फ वेष्टर्न क्रिस्टलकी शिवानी सिजापति र रोशनी मल्लले समान २/२ विकेट लिइन्।
१ सय २७ रनको लक्ष्य पच्छ्याको वेष्टर्न क्रिस्टलले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो। वेष्टर्नका लागि शुशीला मल्लले १५, अलिजा खत्रीले १७ र सुजिता सिजापतिले अविजित ११ रन बनाइन्।
मंगलबार नै सम्पन्न छात्रतर्फको खेलमा विद्याभुषण पब्लिक स्कुल र ज्याती इङलिस स्कुल विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन्।
छात्रतर्फको पहिलो खेलमा थ्रीस्टार इङलिस स्कुललाई १० रनले पराजित गर्दै विद्याभुषण पबिलक स्कुल विजयी भएको हो। त्यसैगरी दोश्रो खेलमा मोर्डन स्कुल विजयी भएपनि मापदण्ड विपरित खेलाडी राखेको पाइएपछि ज्योति इङलिस स्कुललाई विजेता घोषणा गरिएको छ। विजेता घोषणासँगै ज्योतिले सेमिफाइनल खेल्ने मौका पाएको हो।