सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहद्वारा सपथ ग्रहण
२०७७ चैत्र १०, ०५:११
धनगढी: सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका दीप बहादुर सिंहले पद तथा गोपनीयताको सपथ लिएका छन्।
मंगलबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उनीसँगै सदस्य अनिल श्रेष्ठ र झलक शाहलाई पनि सपथ खुवाएका हुन्।
कैलाली जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्षसमेत रहेका सिंहलाई प्रदेश मन्त्री परिषद्को बैठकले सचिवमा नियुक्त गरेको थियो।
कमेन्ट लोड गर्नुस