सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी दुर्घटना अपडेटः घाइते ३ जना प्रशिक्षार्थी प्रहरी जवानलाई धनगढी ल्याइयो

२०७७ चैत्र ७, ०६:४२ खबर संवाददाता

धनगढी: डोटीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ३ जना प्रशिक्षार्थी प्रहरी जवानलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। 

घाइते भएका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्कालाई हेलिकोप्टरमार्फत धनगढीको माया मेट्रो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

उनीहरुको अवस्था गम्भिर रहेको डोटी प्रहरीले जनाएको छ। 

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका उनीहरु शनिबार दिपायल सिलगढी नगरपालिका–४ सुनगणा ट्राफिक कार्यालय नजिक म२प ४६७४ नम्बरको मोटरसाइल दुर्घटनामा परेका थिए। 

सम्बन्धित समाचार :
डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना

 

कमेन्ट लोड गर्नुस