डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना
डोटी: डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना भएको छ।
म२प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपायल सिलगढी नगरपालिका–४ सुनगणा ट्राफिक कार्यालय नजिक दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका उनीहरु गम्भीर घाइते भएका बताइएको छ।
घाइते हुनेमा २० वर्षीय दल बहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्का रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए।
गम्भीर घाइते उनीहरुलाई डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।