सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन

२०७७ चैत्र ५, ०८:१९ खबर संवाददाता

धनगढी: दार्चुलामा शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन परेको छ । जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७९ विद्यालयको आवेदन परेको हो । 

जिल्लाका ९ वटै पालिकाका उक्त विद्यालयहरुले कक्षाकोठा मर्मत, भवन निर्माण, कम्प्युटर तथा सूचना प्रविधि, कम्प्युटर ल्याब, खेल मैदान तथा सामग्री, खानेपानीलगायतका शीर्षकमा आवेदन दिएको बताइएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले विद्यालयको आवेदनपश्चात् पालिकाले निर्णय गरी सङ्घीय सरकारलाई पठाएको जनाएको छ ।

कमेन्ट लोड गर्नुस