सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार न्युनिकरण गर्ने बझाङका प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता

२०७७ चैत्र २, ०९:१४ खबर संवाददाता

बझाङः बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकारवालहरुसँग परिचयात्मक तथा छलफल गरेका छन्। भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला आएका उनले  पहिलो पटक सरोकारवालाहरुसँग छलफल गरेका हुन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको समसामयिक विषयमा छलफल भएको थियो। 

सो अवसरमा प्रजिअ अधिकारीले भष्टाचार न्युनिकरण गर्न सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए।

उनले आमनागरिकले महशुस गर्ने गरी जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने, जिल्लाको समग्र विकासको लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।

छलफल कार्यक्रममा  स्थानीय तहका प्रमुख राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र  पत्रकारहरुको सहभागिता रहेको थियो।  


 

कमेन्ट लोड गर्नुस