सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी तेक्वान्दो विकास समिति अवैधानिक : जिल्ला कार्य समिति

२०७७ फाल्गुन २९, ०३:३३ खबर संवाददाता

धनगढी: नेपाल तेक्वान्दो संघ कैलालीले जिल्ला पदाधिकारीको उपस्थितिको बिना नै धनगढी तेक्वान्दो विकास समिति गठन गरेको आरोप लगाएको छ। 

आफुहरुलाई कुनै जानकारी नदिइ केहिदिन अघि मात्रै धनगढी तेक्वान्दो विकास समितिकाे कार्यसमिति चयन गरिएकोबारे जिल्ला कार्य समितिले आपत्ति जनाएको हो। 

आफुहरुको उपस्थिति नभएको अवस्थामा उक्त गठन भएको कार्यसमित अवैधानिक भएको नेपाल तेक्वान्दो संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरको ठहर छ।  

कमेन्ट लोड गर्नुस