तेक्वान्दो संघ धनगढीको अध्यक्षमा विनय चयन
धनगढीः नेपाल तेक्वान्दो संघ धनगढी उपमहानगरपालिका तेक्वान्दो विकास समितिको अध्यक्षमा विनय चोखाल चयन भएका छन्।
धनगढीमा भएको भेलाले चोखाललाई अध्यक्षमा चयन गरेको हो। चोखालको अध्यक्षतामा चयन गरिएको १० सदस्यीय टोलीको वरिष्ठ उपाध्यक्षमा धनवहादुर चौधरी, उपाध्यक्षमा अस्कुर अहमद, सचिवमा योगेन्द्र खोकौला र कोषाध्यक्षमा सुजिता यादव छनोट भएका छन्।
नगर कार्य समितिको सदस्यहरुमा प्रतिक जोशी, मणिसिंह ठकुरी, महेशराज जोशी, सुरेन्द्र राठी, अजित सैजु र मेघा थापा रहेका छन्। धनगढी नगरको अध्यक्ष बनेका चोखालले धनगढीलाई तेक्वान्दोको नयाँ हबको रूपमा विकास गर्दै अघि बढ्ने बताए।
नगर समिति गठन कार्यक्रममा नेपाल तेक्वान्दो संघका प्रदेश अध्यक्ष सुवाश शाही लगायत प्रदेश र जिल्लाका पदाधिकारीहरुको सहभागीता रहेको थियो।