सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा आजदेखि शिवरात्रि मेला

। फोटो स्रोत ।
२०७७ फाल्गुन २७, ०५:३२ खबर संवाददाता

धनगढी: महाशिवरात्रिको अवसरमा दार्चुलामा आजदेखि मेला लागेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा आजदेखि ५ दिनसम्मका लागि शिवरात्रि मेला लागेको हो । 

मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार गरिने भएकाले यो वर्षको मेलामा निगालोबाट उत्पादित सामग्रीको व्यापार गरिने बताइएको छ ।

कुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार हुने गरेको बताइन्छ ।

हरेक वर्ष शिवरात्रिका दिनदेखि लाग्ने यो मेला आर्थिक तथा धार्मिक रुपले महत्वपूर्ण मानिदै आएको छ।

कमेन्ट लोड गर्नुस