सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रवादीहरु नधर्मराइदिए हुन्थ्यो

२०७७ फाल्गुन २७, ११:५८

-योगेश बम

राष्ट्रवादीहरु सरकारमा आउँदा भारतले जहिले पनि दुःख दिने गरेको छ। नेपालमा धेरै जस्ता राजा र नेताहरुले राष्ट्रवादी चरित्र  देखाएका छन्। तर दःुखको कुरा बेला–बेलामा धर्मराउने पनि गरेका छन्। उदारणको लागि, बिपी कोइराला जो ‘राजा र मेरो घाँटी जोडिएको भन्ने गर्थे। उनै नेताले भारतसँग गण्डक सम्झौता गरिदिए।

 गिरिजाप्रसाद कोइराला पनि कम राष्ट्रवादी होइनन्। तर पहिलोपटक प्रधानमन्त्री भएपछि भारत जाँदा उनैले टनकपुर सन्धि गरेर आए।

सुशील कोइरालाले पनि आफू प्रधानमन्त्री भएपछी राष्ट्रवादी अडान लिएकै हुन्।  जसले  गर्दा वर्तमान संविधान बनाउन सहयोग भयो तर अचम्म त्यो होकि यति ठुलो अडान लिएको मानिस संविधान जारी गर्ने बितिक्कै फेरि प्रधानमन्त्री बन्ने लोभमा भारतको सहारा लिन पुगे। 

मैले पढेको र बुझेको नेपालमा कम्युनिस्टहरुको राष्ट्रवादबारे कुनै शंका गर्नुपर्दैन। राष्ट्रवादको झन्डा संसार भरिकै कम्युनिस्टहरुले उठाउने गरेका छन्। तर, मैले भन्नैपर्दछ महाकाली सन्धिको बेलामा भुमिकाकै कुरा गर्ने हो भने केपी ओली धर्मराएकै हुन्। उनले महाकाली सन्धिबाट नेपाललाई वर्षमा १ खर्ब २० अर्ब फाइदा हुन्छ भनेकै हुन् तर अहिलेसम्म त्यो लागू भएको छैन।

अहिलेको परिस्थितीमा सबैमा कतै एमसीसी पनि पास हुने त हैन भन्ने डर मनमा छ। तर राष्ट्रप्रेमी देशप्रेमी नेता डा भीम रावलको अडानले यसलाई खारेज गर्छ भन्ने विश्वास मनमा छ।
 

कमेन्ट लोड गर्नुस