सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीमा शिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ फाल्गुन २४, ०६:०९ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलडाँडीमा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ।

बेलडाँडी गाउँपालिकाको चवन्नी बजार व्यवस्थापन समितिले बेलडाँडी साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो । 

आयोजकका अनुसार चवन्नी वजारको खुला मञ्चमा फागुन २७ गते र २८ गते दुई दिन महोत्सव सञ्चालन गरिने छ ।

महोत्सवमा स्थानीय कलाकारका साथै अराज केशव गिरी, देउडा गायिका रेखा जोशी र चेतन बोहराको प्रस्तुती रहने छ ।

महोत्सव सञ्चालनका लागि गाउँपालिकाले पनि सहयोग गर्ने बताइएको छ । यसैगरी बेलौरी नगरपालिका- १० शिवनगरमा पनि फागुन २६ र २७ गते मेला लाग्ने बताइएको छ । 

कमेन्ट लोड गर्नुस