सुदूर नेपाललाई विश्वसँग जोड्दै

११६ भन्दा बढी खाल्डाखुल्डी टालाटुली मात्र गरी देउ

धनगढी नगरपरिषदलाई खुलापत्र

२०७७ फाल्गुन २१, ११:४८ खबर संवाददाता

सुवाश मुस्कान नाम राखेका धनगढीका युवाले धनगढी उपमहानगरपालिकालाई खुला पत्र लेख्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

जीर्ण बनेको धनगढी मुख्य सडक मर्मत सम्भार गरिदिन आग्रह गर्दै उनले खुला पत्र लेखेका हुन्। उनले आफ्नो पत्रमा धनगढी उपमहानगरपालिकालाई नगरवासीको तर्फबाट १२ बुँदे सुझाव तथा आग्रह गरेका छन्।

खुला पत्र
धनगढी नगर परिषद 
आदरणीय धनगढी उपमहानगरपालिकाका मेयर, युवाहरुका ढुकढुकी श्री नृप बहादुर वड ज्यू, उप–मेयर कर्मशिल नारी, दिदी बहिनीहरुकी आशाकी केन्द्र श्री सुशिला भट्ट मिश्र ज्यू, वडा न.४ का अध्यक्ष जुझारु नेता श्री दीपक थापा ज्यू र वडा न.२ का अध्यक्ष अनुभवी नेता श्री नरबहादुर बम ज्यूू बिगत लामो समयदेखि म लगायत धनगढीवासी जनताहरु हाम्रो धनगढी मेनरोडमा भएका खाल्डाखुल्डीमा टालाटुली मात्र गरि देउ न धनगढी उपमहानगरपालिका भन्दै बिन्ती गरि रहेका छौ। तर आजका दिनसम्ममा पनि त्यसवारेमा कुनै सुनुवाइ न  भएकोले आज हामी यो खुलापत्र लेख्न गइरहेको छौ। हो, हजुरहरु दिन रात न भनेर हाम्रा लागि नै खटिरहनु भएको छ। त्यो हामी सबैलेदेखि रहेको नै छौ। तर धनगढीका जनता र तपाईंहरु स्वयमले बाध्य भएर पनि दिन रात प्रयोग गर्नुपर्ने मेनरोडमा ठूला–ठूला खाल्डा खुल्डी भएर तपाईं हाम्रो ज्यान जान सक्नेसम्मको जोखिम बढाएको छ। यस खुलापत्रमार्फत त्यस खाल्डाखुल्डीमा किन तत्काल टालाटुली अनिवार्य रुपमा गर्नुपर्छ भन्ने कुरामा तपाईहरु र आज बस्ने नगर परिषदको ध्यानाकर्षण गराउन चाहान्छौ।
१–मेनरोड धनगढी बजार प्रवेश गर्ने मुख्यद्वार भएकोले–यदि मुहार नै खराब भएमा हाम्रो ध.उ.म.न.पा. प्रवेश गर्ने पाहुनाहरुमा हाम्रो धनगढी नगरपालिका र हामीप्रतिको सोच कस्तो बन्ला भनिन्छ नि  First impression is last impressin.
२–मेनरोडमा हिड्ने जनता भन्दा मोटरसाइकल, इ–रिक्सा, कार, बस, ट्रक बढी भएकोले जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
३–मेनरोड धनगढी शहरको मेरुदण्ड भएकोले–यदि मेरुदण्ड नै कमजोर भएमा हाम्रो शरीर कस्तो होला साधारण रुपमा अनुमान लगाउन सकिन्छ।
४–दिनहुँ सयौं एम्बुलेन्सहरु दौड्ने भएकोले–मरणासन्न बिरामी लिएर तीव्र गतिमा हिडिरहेको एम्बुलेन्स भित्रको बिरामीलाई मेनरोडमा भएको खाल्डाखुल्डीले कस्तो पीडा दिन्छ होला हामी अनुमान पनि लगाउन सक्दैनौ र उनीहरुको आत्मले पनि कति सराप्छ होला हजुर..
५–सयौं विद्यालयका अवोध बालबालिका लिएर बिद्यालय भ्यान र बस हिड्ने भएकोले–खाल्डाखुल्डी भएको बाटोमा साना अवोध बालबालिका लिएर बस र भ्यान हुइकिँदा ती बालबालिकाको दिनको सुरुवात नै न मीठो हुदैन र हजुर..
६–दिनहुँ जसो आन्दोलन हुने तपाईहरुका नेता कार्यकर्ता हिड्ने बाटो भएकोले
७–मैले सरसर्ति गन्ती गर्दा ११६ वटा भन्दा बढी खाल्डाखुल्डी भएकोले–अब यस्तो मेनरोडमा हाम्रा युवा भाइबहिनीहरुले  100cc देखि 400cc सम्मका बाइक हुइकाए भने  कस्तो सम्म दुर्घटना हुन सक्छ हामी कल्पना पनि गर्न सक्दैनौं ।
८–मेयर दाईको पार्टीको पुर्ण बहुमत भएको नगरपालिका भएकोले–यो सानो काम गर्न पनि ठूलो बजेटको आवश्यकता हुँदैन होला।
९–अषाढ महिना नजिक आउँदै गरेकोले–हामीले बाटोमा टालाटुली अषाढमा गरेपछि अषाढे झरिले बगाएर लगेर जान्छ त्यस कारण आजै गरेमा त्यसको सदुपयोग हुन्थ्यो।
१०–यो नगरपालिका हाम्रा पुर्व प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवा ज्यूले चुनावमा अत्याधिक बहुमत ल्याएर जितेको उपमहानरपालिका पनि हो।
११–रिङ रोडको निर्माण कार्य शुरु भैसकेकोले त्यसमा हिड्ने सवारी साधनको चाप पनि मेनरोडमा थपिएको छ यस कारणले खाल्डाखुल्डी पनि झन बढ्ने र दुर्घटनाको जोखिम पनि बढेको छ।
१२– यो नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका पनि हो। उत्कृष्ट नगरपालिकाको मेनरोड यस्तो हुन्छ त?
तपाईं हामी जस्तै महानुभावहरुले यो मेनरोड त बन्ने पक्का भैसकेको छ काम पनि सुरु भै सक्यो पछि तोड्नु पर्ने बाटो किन बनाउनु पर्यो भन्ने पनि तर्क प्रस्तुत गर्नु भएको छ यो एकदम सही कुरो पनि हो। तर तपाईं हामी सबैलाई अनुभव छ। कुन काम हाम्रो देशमा समयमा समाप्त भएको छ ? के मोहना अत्तरिया ६ लेन सडक समयमा समाप्त भयो ? ४ वर्ष हुन थाल्यो। त्यसो भए यो मेनरोड पनि बन्ने हो भनेर तपाई हामी नगर जनताले माथि उल्लेख गरे जस्तै बाटो निर्माण न हुँदासम्म खाल्डाखुल्डीको पीडा सही रहनु पर्ने हो त ? पक्कै पनि होइन होला किन भने हाम्रो नगरपालिका ,हाम्रा जनप्रतिनिधि हामी भन्दा दुरदर्शी र  हाम्रो दुःख सुखमा साथ दिने नै छन्।
नगरको सबै भन्दा ठूलो परिषदलाई
जनताको सबै भन्दा सानो माग
जनता
धनगढी उप– महानगरपालिका
कैलाली
सुदूरपश्चिम प्रदेश

कमेन्ट लोड गर्नुस