सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीका बुवा लालवीरको टिप्पणीः छोरा राजनीतिक गोट्टी ?

२०७७ फाल्गुन १६, ०२:०७ खबर संवाददाता

धनगढीः टीकापुर घटनामा जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीका बुवा लालवीर चौधरीले राजनीतिक दलप्रति तीव्र असन्तुष्टि पोखेका छन्।

उनले आफ्नो छोरा राजनीतिक गोट्टीको रुपमा प्रयोग भएको आशय व्यक्त गरेका छन्। थारु अगुवा समेत रहेका चौधरीले थरुहट/थारुवान राष्ट्रिय सम्मेलनको क्रममा राजनीतिक दलहरुले थारुहरुलाई केवल राजनीतिक गोट्टीको रुपमा मात्रै प्रयोग गरेको बताउँछन्।

थारुहरुको वास्ताविकता के छ रु, के चाहान्छन् रु त्यसैलाई राजनीतिक इस्सु बनाएर आफुहरुलाई भजाएर राजनीतिक स्वार्थ पुर्ति गर्दै आएको उनको भनाइ थियो। अब थारुहरुले विगतको मुल्यांकनसहित अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘जसको छोरा जेलमा छ, अरु पनि जेलमा छन्। हामी कसरी सहेर बसेका छौ रु अब अधिकारको लागि सशक्त रुपमा अगाडि बढ्नुपर्छ।’

त्यस्तै उनले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो सुदूरपश्चिममा आएपछि राजनीतिक दलका नेताहरु सशंकित हुने गरेको बताउँछन्। ‘राजेन्द्र महतो सुदूरपश्चिममा आएपछि अरु दलहरुको हंगामा बज्दोरहेछ। आगो बोल्ने हुन् कि रु जस्तो गर्छन्।’

चौधरी गएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेका थिए। निर्वाचनमा पराजित चौधरीका आफ्नै छोरा रेशम चौधरी भने प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अत्याधिक बहुमतले विजयी भए। रेशम चौधरी तत्कालीन राजपाबाट उम्मेदवार थिए।

कमेन्ट लोड गर्नुस