सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवहेलना मुद्दामा प्रचण्डले दिए लिखित जवाफ

२०७७ फाल्गुन १६, १२:१६ खबर संवाददाता

काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।

आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताएका छन्।

गत माघमा विराटनगरमा आयोजित विरोध सभामा सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

सोही आदेश अनुसार प्रचण्ड आइतबार सर्वोच्च अदालत पुगेका हुन्।

यस्तो छ उनले सर्वोच्च अदालतमा दिएको जवाफ

कमेन्ट लोड गर्नुस