सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले प्रधानमन्त्रीको प्रस्ताव अस्विकार गरिसके, कांग्रेस तत्काल सरकारमा जाँदैन : साउद

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १६, १२:०८ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रस तत्काल सरकारमा नजाने बताएका छन्।

आइतबार कञ्चनपुरमा कांग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गंगादत्त जोशी स्मृति पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दे उनले यस्तो बताएका हुन। 

कम्युनिस्टहरुले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेपनि सभापतिले उक्त प्रस्तावलाई अस्विकार गरेको उल्लेख गर्दै नेता साउदले सर्वोच्चको फैसलापछि अब बन्ने सरकार पनि अस्थिर हुने बताए।  

उनले भने, ‘अब बन्ने सरकार पनि अस्थिर सरकार नै बन्छ। यसले फेरि ६ महिना र नौ महिनाको प्रवृति दोहोरिन्छ र मुलुकलाई झन क्षति हुन्छ।’
 

कमेन्ट लोड गर्नुस