सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमिगत शैलीमा लक्ष्मण थारुले भने, “विद्रोहका लागि तयार हुनुहोस”

२०७७ फाल्गुन १५, ०९:५६ खबर संवाददाता

धनगढीः थारु नेता लक्ष्मण थारुले विद्रोहका लागि तयार रहन आग्रह गरेका छन्। 

कैलालीको हसुलियामा शनिबार भएको थरुहट÷थारुवान राष्ट्रिय सम्मेलनमा सहभागि नभएका उनले अडियो रेकड मार्फत सम्मेलनमा सहभागिहरुलाई सम्बोधन गर्दै विद्रोहका लागि तयार रहन भनेका हुन्। थरुहट मोर्चाका केन्द्रीय संयोजक थारुले उच्च अदालत दिपायलले नश्लीयपूर्ण, पूर्वाग्राही, गद फैसला सुनाएर जन्मकैदको फैलाला सुनाएको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रहरी प्रशासन पक्राउ गर्ने भएकाले प्रत्यक्ष कार्यक्रममा सहभागि हुन नपाएको बताए। 

“हामी थारुहरुले लेख्दा, बोल्दा, संगठित भेला हुँदा र सम्मेलन गर्दा यो देशका शासकहरुले आतंककारी, ज्यानमारा भन्छन्, हामीलाई लुटेरा–डाँकाको व्यवहार गर्छन्। बोल्नबाट वञ्चित गर्छन्। तर अब कुनैपनि हालतमा रोकिदैन्। यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासता विरुद्धको विद्रोह कसैले रोकेर पनि रोकिने छैन्। प्रशासनको धाक धम्की र त्रास हामीमाथिको झुठा मुद्दा, सांसद रेशम चौधरीमाथिको जन्मकैदको फैसला हामी मान्न तयार छैनौँ, उनले अडियो सन्देश मार्फतत भने।’

भूमिगत शैलीमा संयोजक थारुले भने  "हामी यो देशको आदिवासी धर्तीपुत्र हौँ। यो देशको सबभन्दा इमान्दार समुदाय हौँ। टीकापुर घटना थारुले घटाएका होइन। हामी मात्र बोलिरहेका छैनौ, नेपाली कांग्रेस, नेकपा, जसपा लगायत थारुहरुले बोलिरहेका छन्, स्वतन्त्र व्यक्तिहरुले बोलिरहेका छन्। थारु माथि झुठा मुद्धा लगाएर अन्याय भईरहेको छ।"

कमेन्ट लोड गर्नुस