समयसँगै फेरिएको सपना
-एलीजा भारती
जीवन एउटा यात्रा हो। अदृश्य विर्य र डिम्बको मिलनबाट सुरु भएर कुन बेला, कुन बाटो, कहाँ गएर रोकिन्छ कसैलाइए थाहा छैन। यात्रा गर्न कुनै न कुनै बाटो हुन्छ, चाहे त्यो यात्रा गर्दै भेटियोस वा आफैले निर्धारण गरिएर हिडिएको होस्।
मानिसको जिन्दगी बाल्यकालबाट सुरु भएर विभिन्न तह पार गर्दै बित्छ। हामी कस्तो समाजमा बस्छौ र हुर्कदै छौ त्यही अनुसार रहर र आकांक्षाहरु पलाउदै जान्छन्। बाल्यकालले जीवनमा जग निर्माणको काम गर्दछ। सबैलाई आ–आफ्नो बाल्यकाल खास र विशेष लाग्ने गर्दछ। नलागोस पनि किन। बाल्यावस्था हुन्छ नै त्यस्तो। आफ्नै संसार भएको जहाँ न कुनै लोभलालच हुन्छ न कुनै मोह। चारैतिर प्रेम नै प्रेम भएको संसार, खुसी नै खुसी भएको जीवन। खुसी हुन धेरै केहि नचाहिने एउटा चकलेट भए पुग्ने र त्यसकै कभरले प्लेन बनाएर जहाँ पिन पुग्न सक्ने, रमाउन सक्ने, जीवनको स्वर्णनिम पाटो हो बाल्यावस्था।
जन्मजात कोहीपनि गर्भबाट सिकेर आएको हुँदैन। सिकाइ परिवार र समाजबाट हुन्छ। हामी कुन संस्कारमा हुर्कियौ, कुन समाजमा बस्छौ त्यसले निर्धारण गर्दछ। बाल्यावस्था एउटा यस्तो अवस्था पनि हो, जहाँ हामी केही कुरालाई पनि सजिलै टिप्न सक्छौ र सपना बुन्न थाल्छौ।
विभिन्न कुरा देखे, सुनेकै भरमा आफ्नो दिमागमा चित्र बनाइसक्ने खुबी भएको हुन्छ। आकाशमा प्लने उडाउन सक्ने होस् या चन्द्रमामा पुग्ने त्यस्तो हिम्मत, आँट जोसजाँगर भएको जोसिलो उमेर हो। टेलिभिजन, पत्रपत्रिका होस् या हजुरआमा/हजुरबुवाले सुनाएका पुराणका कथालाई लिएर हजारौ प्रश्न गर्ने र सिक्न चाहने खुबी भएको अनि त्यसमा भएको आफुलाई मनपर्ने पात्र बन्ने सपना बोक्छौ।
कुनै कुराको छाप यति धेरै बस्छ कि हामी त्यसकै लतमा पर्छौ र त्यो नै उदेश्य हो भनेर नबुझी नै लाग्छौ। हुन् त कतिपय कुराहरु व्यक्ति, घटना र समाजबाट नै उत्प्रेरित भएर सिक्ने गरेका हुन्छौ।
जन्मजात कोही पनि यहि बन्छ भनेर निधारमा लेखेर त जन्मिन्न। त्यसकारण परिवार र समाजले बालबालिकालाई जे चाहियो बनाउन र सिकाउन सक्छ। बाल्यकाल भनेको काचो माटो जस्तै हो, जसको जे बनायो त्यही रुप र आकृति बन्छ। तर हरेक कुरा सोचे जस्तोहुँदैन, केही कुरा नि तब मात्र पूर्णरुपमा बन्छ जब सिप, साधन र लगन छ।
सबैलाई त्यो अवसर प्राप्त हुन्छ भन्ने पनि छैन। संसारमा हेर्ने हो भने ध्ज्इ को अनुसार ५ वर्षमुनिका ४५ प्रतिशत बालबालिका खाना नपाएर मर्ने गर्छन, ५९ प्रतिशत स्वस्थायोपचार नपाएर मर्ने मर्छन। त्यस्तो हुदा सर्वप्रथम केहि बन्न बनाउन आधारभूत आवश्यकता पुरा हुन जरुरी छ।
आधारभूत आवश्यकतासँगै स्वस्थ हुन पनि जरुरी छ। कुल जनसंख्याको १५ प्रतिशत जनसंख्या त केहि न केहि रुपमा अपाङ्गता भएका पनि हुन्छन। तर हामीले चट्टानमा पनि पिपल उम्रिएको देख्छौ। भीरपाखामा पनि सुनगाभा फुलेकै हुन्छ तर त्यो बिरलै मात्रामा हुन्छ। त्यो हुन धेरै साहस र कडा मिहेनत चाहिन्छ। त्यस्ता उदाहरण त हामी सामु पनि धेरै छन्। झमक घिमिरे, हेलेन किलर, स्टेफिन हकिंग आदि। जुन हाम्रा लागि प्रेरणाका स्रोत छन।
ठूलो मान्छे बन्ने जो कोहीलाई पनि हुन्छ तर उमेर बढ्दै जाँदा ठुलो हुँदै जादा आफुभित्रको हामीलाई हामी बिर्सन्छौ र दुनिया कता हामी पनि त्यतै दौडीन्छौ। हुन त त्यसमा हाम्रो के दोष। उमेरसँगै आवश्कता र जिम्मेवारीले त्यस्तो बनाइदिन्छ। त्यहि भएर त प्रसिद्ध वैैज्ञानिक डार्विनको सिदान्त चर्चामा छ ‘बाच्नको लागि संघर्ष।’ आफुलाई समय अनुकुल परिमार्जित नगरे, नचले अस्तितो नै रहन्न।
उदेश्य चन्द्रमामा छुने छ भने त्यसका लागि त्यस्तै कडा मेहनत र परिश्रम गर्नु पनि जरुरी छ। कहिलेकाही कडा मेहनत र परिश्रम गर्दागर्दै पनि सफल भैदिन एकै चोटीमा,झन हाम्रो बानि के छ,सफलता पछिको योजना मात्रा हुन्छ।
कुनै ठाउँमा भुलचुक फेल भयौ भने त्यसपछि के गर्ने नगर्ने हामीलाई थाहा हुन्छ न कसैले सिकाइदिएको हुन्छ। भनेको भएन भने हामी असफल व्यक्तिमा गनिन थाल्छौ र आफैसँग, आफ्नो जीवनसँग हार मान्छौ।
यो किन बुझदैनौ, किन बुझाइन्न सफलता भन्ने कुरा सबैको जीवनमा एउटा निश्चित परिभाषाले निर्धारण गर्दैन भनेर। के सफलता भन्नु सर्टिफिकेटमा धेरै नम्बर हुनु, ठुल्ठुलो विश्वविद्यालयमा पढ्नु ,बढी पैसा कमाउनु, डाक्ट÷पाइलट नै बन्नु हो ?
हो कतिपय कुरामा यस्तो भए सजिलो हुन्छ होला। पक्कै पनि बढी नम्बर भए रोजगारी छिटो पाइएला, पैसा भए आधारभूत आवश्कता पुरा गर्न सजिलो होला तर त्यस्तो नभए हामी काम नलाग्ने हौ र ? के पेशा, पद र पैसाले सफलता निर्धारण गर्छ ?
सफलता भन्ने कुरा सन्तुष्टि र खुसीले निर्धारण हुने हैन र ? हामी कति सफल छौ हैन जे गर्छौ त्यसमा कतिको सफल छौं, आफ्नो काममा कति सन्तुष्ट छौ भन्ने होइन र ! नपत्याए एकछिन बालापनको आफु र अहिलेको आफुलाई सोचौ त।
बच्चामा के बन्ने ठूलो भएपछि भन्ने प्रश्नको उत्तर क–कसले के–के दिनुभएको थियो सोच्नुस त। डाक्टर र पाइलट यस्तै यस्तै हैन र ? अनि त्यो बेला सोच्नुभएको त्यहि हैन ? म डाक्टर भए सफल पाइलट भए सफल, यो भए ठुलो, त्यो भए ठुलो तर अहिले अब त्यहि प्रश्न दोहर्याएर आफैलाई सोध्नुस के उत्तर त्यहि आउँछ ?
कतिपय व्यक्तिको बाल्यकालमा भनिएको सपना साकार भएको पनि छन् होला। कतिपयको समयसँगै परिवर्तन र परिमार्जित पनि भए होलान तर जो जे भएपनि त्यति धेरै चिज बन्छु भन्नेहरु, अनेक प्रकारका सपना भएका हामीहरु, यो पेशा पद र यति नम्बर आएपछि, यो विषय पढेपछि, यति पढेपछि म ठुलो, सफल भन्ने लाग्थ्यो के अहिले नि त्यहि छ ?
पक्कै पनि त्यहाँपनि उत्तर नहोला। आजभोलि सबैको उत्तर एउटा मात्रा हुन्छ होला, खुसी बन्नु छ ! समय नै त बलवान रहेछ। त्यति धेरै कुराबाट सार एउटा मात्रा पायौं। आखिर समयसँगै त बुझिदो रैछ जीवन के हो भन्ने ?
जीवन आरोह र अवरोह बिचको यात्रा नै त रहेछ। चाहे त्यो यात्रा पैदल होस, घोडामा सवारी हुँदा होस्, चाहे गाडीमा। तर कहिँ न कहिँ पुग्न कै लागि त रहेछ। त्यहि यात्रा गर्ने क्रममा कति धेरै कुरा छोड्दै अगाडी बढ्नुपर्ने भने कति धेरै कुरा बोक्दै हिड्नुपर्ने।
हिँड्दा हिँड्दै, बोक्दाबोक्दै कहिले थकित पनि हुन्छौ चल्नै नसक्ने गरि तर त्यसो भन्दैमा पूर्णविराम नै लागिहाल्नु पर्छ भन्ने छैन। बाटोको बीचबीचमा बनेका चौतारी आराम गर्दै हिड्ने हो।
यात्रा गर्नु परेपछि थाकिन्न। बाटो सिधा नै हुन्छ भन्ने छैन। धेरै दोबाटो र मोड आउन सक्छन्। गन्तव्य नभेटेर भड्किन सकिन्छ होला। कुनै मोडमा त्यो हो भन्दै त्यहि सुत्ने होइन, बरु समयको माग अनुकुल बाटो फेरेर भएपनी गन्तव्यमा पुग्नुपर्छ।
केहि गर्न नसक्ने मान्छेले पनि जीवनमा एकथोक चाहिँ गर्नसक्छ। त्यो हो कोशिस। त्यहि भएर कोशिस गर्नुहोस। कोशिस गर्नेहरु कहिले हार्दैनन्। तिनीहरु कि त सिक्छन् कि त गरेर छोडछन्। त्यहि भएर केहि नगर्नु भन्दा कोशिस गर्नुस।
जिन्दगीले हरकोहिलाई पटकपटक मुर्ख बनाइराखेको हुन्छ। किनकि मन चंचल हुन्छ। एक ठाउँमा बस्दैन तर त्यो हो भन्दैमा जिन्दगीकै घाटी थिच्नुपर्छ भन्ने छैन। बरु मनलाई बेकुफ बनाउहोस, आफुलाई हैन। सर्वप्रथम केहि गर्नुछ भने मनबाट डर हटाउनुहोस अनि आफै हिम्मत बढ्छ।
दिनानुदिन हाम्रो जीवनमा के हँुदैछ भन्ने हामीलाई मात्रा थाहा हुन्छ। अरुलाई हैन। त्यहि भएर कसैसँग तुलना गर्नु जरुरी छैन। आफुलाई के मा चासो छ र आफ्नो क्षमता र आवश्यकताले के माग गरेको छ त्यो गर्नुस। कसैले केही भनेर बन्ने होइन, अरु यस्तो गर्दै छ म पनि त्यहि भनेर देखासिखी र लहलहैमा होइन। कुनै कुरामा चासो छ, लगाव छ, सक्छु भन्ने हुन्छ भने मात्र त्यो गर्ने हो।
अरु गर्दैछ भन्दै त्यहि बाटो लाग्नुपर्छ भन्ने छैन। बरु समय अनुसार आफुलाई परिवर्तन र परिमार्जन गर्नु नै उपयुक्त हुन्छ। को के भन्ला, को के सोच्ला भन्नुभन्दा पनि आफुलाइ के गर्दा राम्रो, कतिको सक्छु, मेरो आवश्कता के भनेर चल्नु नै समय सापेक्ष बन्नु हो।
जिन्दगीको अन्तिम घडीमा सास लिदा कुनै पश्चाताप नहोस। अलिकति हिम्मत गरेको भए मेरो जीन्दगी यो होइन अर्कै हुन्थ्यो भनेर बरु जे गरे राम्रो हुन्छल त्यहि गर्नुस।