सुदूर नेपाललाई विश्वसँग जोड्दै

जडीबुटी प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा

उचित मूल्य पाउने भन्दै स्थानीय र व्यवसायी उत्साहित

२०७५ भदौ ३१, ०७:२६

प्रदेश नम्वर ७ को पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । धनगढीको कनरीमा निर्माणधानी प्रशोधन केन्द्र निर्माण अवधिभन्दा ६ महिना अगाडी नै सम्पन्न हुन लागेको हो । फागुनसम्म निर्माणको अवधि दिईएकोमा अवको एक सातामा निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । यता प्रदेशमै प्रशोधन केन्द्र बनेपछि उचित मूल्य पाउने भन्दै स्थानीय र व्यवसायी उत्साहित भएका छन् । उनीहरुले जडीवुटी प्रशोधनका लागि अन्यत्र लैजानुपर्ने अवस्थाको अन्त्य हुनुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर समेत सिर्जना हुने आशा गरेका छन् । 

प्रदेश ७ कै पहिलो जडीबुटी प्रशोधन केन्द्र धनगढीको कनरीमा निर्माणको अन्तिम चरणमा पुगेको हो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा धनगढीमा सञ्चालित सघन सहरी विकास कार्यक्रम अन्तर्गत कनरीमा करिब १५ रोपनी क्षेत्रफलमा निर्माण भईरहेको जडीबुटी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । देवसिंह रुद्रावती प्रशंसा जेवी कम्पनीले २ करोड ९० लाखमा ठेक्का सम्झौता गर्दै निर्माण थालेकोमा निर्धारित समयभन्दा अघि नै प्रशोधन केन्द्र निर्माण हुन थालेको निर्माण कार्य गरिरहेको कम्पनीका एक जना सञ्चालक दीर्घ जोशीले बताए ।

जडीबुटीको भण्डार मानिने ७ नं. प्रदेशका पहाडी जिल्लाबाट वर्षेनी ठूलो मात्रामा जडीबुटी संकलन तथा निकासी हुने गरेको छ । यही प्रशोधन केन्द्र नभएकाले संकलित जडीबुटी हालसम्म सोझै कच्चा पदार्थ भारत र चीन निकासी हुने गर्छ । जडीवुटी व्यवसायीहरुले नेपालगंज लगायत अन्य स्थानका प्रशोधन केन्द्र पठाउने गरेका छन । प्रशोधन केन्द्र सञ्चालन भए कौडीको मूल्यमा बहुमूल्य जडीबुटी बेच्नुपर्ने बाध्यता हट्ने भन्दै व्यवसायी उत्साहित छन । हिमाली जडीवुटी व्यवसायी संघ बाजुराका अध्यक्ष वलवहादुर थापाले प्रशोधन केन्द्र वनेमा फाईदा हुने वताए । 

७ नं. प्रदेशलाई जडीबुटीको भण्डार मानिन्छ । अझ, बझाङ, बाजुरा र दार्चुलालाई जडीबुटीको हब भन्ने गरिन्छ  । यस क्षेत्रवाट करौडौ मुल्यका जडीवुटीहरु बिना प्रशोधन प्रदेश बाहिरजाने गरेको छ । तर प्रशोधन केन्द्र भएमा व्यवसायीलाई फाईदा हुने र जडीवुटीको प्रवद्र्धन गर्न फाईदा पुग्ने नेपाल जडीवुटी व्यवसायी संघ दार्चुलाका महासचिव गणेश वुढाथोकीले वताए । 

प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटीहरू प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । वझाङमा अमला, रिठ्ठा, पाखनवेद, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ । यस्तै, रातो च्याउ, अल्लो, टिमुर, काँकडसिंगो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृंगिराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । बाजुराबाट गत आर्थिक वर्षमा सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतो, काँकडसिंगी, सुगन्धवाल, पदमचाल, कटुकी, बन लसुन सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठाको संकलन तथा निकासी भएको छ । दार्चुलाबाट वार्षिक २ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा त्यसमा यार्सागुम्बा, पाँचऔले, सचुवा, कटुकी, बन लसुन, तिते लगायतका बहुमूल्य जडीबुटीहरूनिकासी भएका छन् । ।पहाडी जिल्लामा पाइने रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, विषजरा, सुगन्धवाल, पाषणवेद, काउलो, सिमजरा, भिडाते, लोक्ता, झ्याउ, चिराइतो, जिवन्ती, ओखरको बोक्रा र यार्चागुम्बा लगायत बहुमूल्य जडिबुटीहरू निकासी भएका छन् । तीन जिल्लाहरुवाट ४३ वटा जडीवुटीहरु निकासी हुँदै आएकोमा प्रशोधन केन्द्र भएमा राहत हुनुका साथै रोजगारीको अवसर समेत सिर्जना हुने दार्चुला उद्योगा वाणिज्य संघका अध्यक्ष तथा जडीवुटी व्यवसायी मंगल सिंह ठगुन्नाको भनाई छ । 
प्रदेश सातका पहाडी जिल्लाबाट वार्षिक ५० करोड वढीको जडिबुटी भारत निकासी हुने गरेको र करौडौका जडिबुटी चीन निकासी हुने गरेको व्यवसायीहरू बताउँछन । तर कतिपय जडिवुटीको प्रशोनध गर्ने व्यवस्था नेपालमै नभएकोले त्यस तर्फ पनि ध्यान दिनुपर्ने जडीवुटी व्यवसायीको सुझाव छ । 

 

कमेन्ट लोड गर्नुस