सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ८८ जनामा कोरोना पुस्टि

२०७७ फाल्गुन ८, ०५:३४ खबर संवाददाता

काठमाडौं: नेपालमा शनिबार थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका काराण शुन्य मृत्यु भएको छ।

यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन्। हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस