सुदूर नेपाललाई विश्वसँग जोड्दै

राउटे समुदायलाई अछामको मंगलसेन नगरपालिकाको आर्थिक सहयोग

। फोटो स्रोत ।
२०७७ फाल्गुन ३, ०१:३०

धनगढी: अछामको मंगलसेन नगरपालिकाले लोपोन्मुख फिरन्ते जाती राउटे समूदायलाई आर्थिक सहयोग गरेको छ । 

राउटे मुखीया भद्र बहादुर शाहीको टोलीलाई नगरप्रमुख पदम बहादुर बोहराले नगरपालिकाको तर्फबाट नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

राउटेका मुखीया शाहीका अनुसार उनीहरु हाल सुर्खेतको झुप्रेखोलामा बसोवास गरिरहेका छन् ।

नगरपालिकाले उनीहरुलाई जीविकोपार्जनमा थोरै भएपनी सहज होस् भनि सहयोग गरिएको बताएको छ ।

कमेन्ट लोड गर्नुस