सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेस कञ्चनपुरका नेता जोशीको निधनप्रति किसान सङ्घद्वारा दुःख व्यक्त

२०७७ माघ २९, ०४:२६ रासस

काठमाडौँ : नेपाली काँग्रेस र सुदूरपश्चिम प्रदेशका अग्रणी व्यक्तित्व गङ्गादत्त जोशीको निधनप्रति नेपाल किसान सङ्घले दुःख व्यक्त गरेको छ । 

कञ्चनपुरबाट पूर्वसांसद रहेका गङ्गादत्त जोशीको यही माघ २८ गते निधन भएको हो । सङ्घका सभापति भानुभक्त सिग्देलले आज विज्ञप्तिमार्फत सङ्घका संस्थापक नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

नेपालको प्रजातान्त्रिक आन्दोलन र सङ्घको सङ्गठन निर्माणमा जोशीको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सभापति सिग्देलले उनको अवसानले नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा योद्धा र सङ्घले आफ्नो अभिभावक गुमाएको बताएका छन् ।

कमेन्ट लोड गर्नुस