सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीलाई न्याय माग्दै विद्यार्थीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

२०७७ माघ २९, १२:३८ खबर संवाददाता

धनगढीः बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा निरन्तर प्रदर्शन भइरहेको छ। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको ८ दिन भइसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै बिहीबार पनि विद्यार्थीहरु सडकमा निस्किएका छन्। 

विद्यार्थीहरुले भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित आँखाका काटो पट्टी बाँधेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस