सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रक र ट्रयाक्टर ठोक्किएर दुर्घटना, १ जना घाइते

२०७७ माघ २९, ०६:२८ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रक र ट्रयाक्टर ठोक्किएर दुर्घटना भएको छ।

पूर्वपश्चिम राजमार्गस्थित गौरीगंगा नगरपालिकामा पश्चिमदेखि पुर्व जादै गरेको से २ प ३४१९ को ट्रयाक्टर र विरीत दिशाबाट आइरहेको से १ ख २०३५ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परी ट्रयाक्टर चालक गौरीगंगा नगरपालिका– १ बस्ने ३० वर्षीय कृष्ण चौधरी घाइते भएका छन्।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

ट्रक चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय कालुराम राना र ट्रकलाई चौमाला प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस