विवेकशील साझाद्वारा सरसफाई
धनगढीः विवेकशील साझा पार्टीले बुधबार अतरिया हाट बजार क्षेत्रमा सरसफाई गरेको छ।
पार्टीको अभियान विभाग कैलालीका संयोजक सुरेन्द्र शाहले अतरियाको कृषि उपज हाट बजार लाग्ने ठाउँमा निकै फोहर गरेको विबरण फेसबुक मार्फत थाहा पाए पछि आफुहरुले सो क्षेत्रमा सरसफाई गरेको बताए।
हाट बजारमा निकै फोहर बढेको तर व्यवस्थापनको लागि नगरपालिका र हाट बजार सञ्चालक समितिले काम नगर्दा सो क्षेत्रमा निकै फोहर थुप्रिएको गुनासो स्थानीयले समेत गरेका छन्।
विवेकशील साझा पार्टी अभियान विभाग कैलालीले जिल्लाको बिभिन्न ठाउँमा हरेक शनिबार सरसफाई अभियान सञ्चालन गरिरहेको छ।