दार्चुलामा नयाँ डिएसपी आउँदै
धनगढी : दार्चुलामा नयाँ प्रहरी प्रमुख आउने भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी मनोहर प्रसाद भट्ट नयाँ प्रहरी प्रमुखका रुपमा दार्चुला आउने भएका हुन् ।
दार्चुला प्रहरी प्रमुखको जिम्मेवारी पाएका डिएसपी पदम बहादुर विष्टको एसपीमा बढुवा भएपछि भट्ट प्रहरी प्रमुखका रुपमा दार्चुला आइरहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
डिएसपी भट्ट दुई/तीन दिनभित्र दार्चुला पुग्ने बताइएको छ ।