धनगढीका सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै
धनगढी: धनगढीमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण अभियान थालिएको छ।
जस अन्तरगत उप–महानगरपालिका र हिमालय एनिमल रेस्क्यु ट्रस्ट(हार्ट) पोखराको सहकार्यमा आइतबार धनगढीका ५२ वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाइएको छ। धनगढीको लक्ष्मीनारायण चोकदेखि भन्सारसम्म भेटिएका सामुदायिक कुकुरकको बन्ध्याकरण गरिएको जनाइएको छ।
बन्ध्याकरणको कार्य माघ २८ गतेसम्म चल्ने भएकोले नगरबासीहरुमा कुकुरलाई नियन्त्रणमा लिने टोलीलाई सहयोग गरिदिन तथा सामुदायिक कुकुरको समूह देखिएमा सम्पर्क गर्न आग्रह गरिएको छ।
सहयोग तथा कुकुर सम्बन्धी जानकारीका लागि पशु सेवा शाखाको फोन नम्बर ०९१–५२५०३९ मा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ। घरपालुवा कुकुरलाई भने उक्त सेवा प्राप्त नहुने जानकारी गराइएको छ।
धनगढी उप–महानगरपालिका कार्यालय परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइने जनाइएको छ।