सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२०७७ माघ २५, ०४:५२ खबर संवाददाता

धनगढीः कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए। 

सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। 

मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को विवाह गरेका थिए। 

चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएकाे आशंका गरिएको छ। 

मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार:

कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत फेला, हत्याको आशंका
 

कमेन्ट लोड गर्नुस