सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टिप्पर र ट्याक्टर ठोक्किँदा १ जना घाइते

२०७७ माघ २५, ०१:३२ खबर संवाददाता

धनगढी: कैलालीमा टिप्पर र ट्याक्टर ठोक्किँदा १ जना घाइते भएका छन्। 

जिल्लाको गोदावरी नगरपालिका–५ लालपुर चोक नजिकै टिप्पर र ट्याक्टर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक घाइते भएका हुन।

पूर्वबाट अत्तरियातर्फ आईरहेको से२त ३७८८ नम्बरको ट्याक्टर र पश्चिमबाट पूर्वतर्फ गईरहेको से१क ९२२ नम्बरको टिप्पर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक गोदावरी नगरपालिका–९ बल्मीका २४ वर्षीय दिपक खड्का घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेको खड्काको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस