चुरेका पहिरो पीडित बालबालिकालाई न्यानो कपडा वितरण
धनगढीः कैलालीको चुरेका पहिरो पीडित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।
चिसोका कारण समस्यामा रहेका बालबालिकाहरुलाई दिनेश सञ्चार गृहकी समाचार संयोजक आर्जु हमालको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट सहयोग रकम संकलन गरेर कपडा वितरण गरिएको हो।
हमालले शनिबार चुरे गाउँपालिका वडा नम्बर ४ स्थित जंगल क्षेत्रमा बसोबास गर्दै आएका २ सय १६ बालबालिकालाई वडा अध्यक्ष कृष्ण मल्लमार्फत १/१ जोड लुगा हस्तान्तरण गरेकी हुन्। कपडासँगै हमालले एक हजार लिटर क्षमताको पानी खाने ट्यांकी समेत हस्तान्तरण गरेकी छिन्।
हमालले आफ्नो ६ हजार नगदसहित धनगढीका चक्रबहादुर चन्दबाट ८ हजार, गोपाल हमालबाट १० हजार, आयुष हमालबाट ५ हजार, श्याम हमालबाट ५ हजार, सशिष हमालबाट २ हजार, सौर्य शाहबाट १ हजार, आरोद्रा शाहबाट १ हजार, लक्ष्मी भट्टबाट १ हजार र शारदा हमालबाट २ हजार रुपैयाँ संकलन गरेकी थिइन्।
पहिरो पीडितहरु जंगल क्षेत्रमा बसोबास गर्दै आएका छन्।