सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीलाई न्याय माग्दै धनगढीमा दिप प्रज्वलन

२०७७ माघ २४, ०७:३४ खबर संवाददाता

धनगढीः मृत अवस्थामा फेला परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ। 


सुरक्षित चेली धनगढी र दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले आज साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि दिप प्रज्वलन गरि भट्टलाई श्रद्धाञ्जली दिएको हो। 


भागरथीको मृत्यु प्रकरण रहस्यमय रहेको भन्दै न्यायको माग समेत गरिएको छ।

बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकि भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। 


उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस