वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ २४, ०५:०२
धनगढी: वैवाहिक वर्षगाँठको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
पतन्जली योग समिति कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले आफ्नो ३४औं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।
उनीहरुले एक छाक खानावाफत ४ हजार र खाद्यान्न सहयोग गरेको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस