सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा शंकास्पद ६ जना नियन्त्रणमा !

२०७७ माघ २४, ०४:०९ खबर संवाददाता

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ। 

एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। 

उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ।  

शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए।  

यसैबीच जिल्ला अस्पताल बैतडीले मृतकको शव परीक्षणको काम पनि सुरु गरेको छ। परीक्षणपछि समेत धेरै कुरा खुल्ने  विश्वास प्रहरीले गरेको छ। 

बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्। 

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ। 

सम्बन्धित समाचार 
 
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या

बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग

सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी

बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए

कमेन्ट लोड गर्नुस