सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा धनगढीका साईकल यात्री घाइते

२०७७ माघ २४, ०२:२० खबर संवाददाता

धनगढी: कैलालीमा मोटरसाइकलले साईकललाई ठक्कर दिँदा १ जना घाइते भएका छन्। 

जिल्लाको गोदावरीमा से७प ५३८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री धनगढी उपमहानगरपालिका– ११ का ट्याउटु चौधरी घाइते भएका हुन।

घाइते चौधरीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घाइते चौधरीको टाउकोमा चोट लागेको बताइएको छ। 

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस