बैतडीकी किशोरीका हत्यारालाई कारवाही गर्न साझा युवा संगठनकाे माग
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका चडेपानीकी १८ वर्षीया किशोरी भागरथी भट्ट हत्याको यथाशिघ्र छानबिन गर्न साझा युवा संगठन बैतडीले माग गरेको छ।
किशोरी भट्टको बलात्कार समेत भएको आशंका गरिएको अवस्थामा रहस्यमय हत्याको छानबिन गरेर दोषीलाई यथाशिघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको छ।
साझा युवा संगठन बैतडीका संयोजक गोविन्द चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयबाट नै हराउनु र जंगलमा शव भेटिनु हाम्रो राज्य संयन्त्रको असफलता, सामाजिक चेतना र खस्किदो नैतिक स्तरको नमूना हो।’
त्यस्ता घटना दोहरिन नदिन कानून कार्यान्वयनमा चनाखो हुन समेत साझा युवा संगठनले माग गरेको छ।