सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् विघटन विरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाद्वारा धनगढीमा प्रदर्शन

२०७७ माघ २४, १२:३३ खबर संवाददाता

धनगढी: प्रतिनिधी सभा विघटन विरुद्ध धनगढीमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले प्रदर्शन गरेका छन्।

शनिबार धनगढीको चौराहादेखि विरोध र्याली निकाल्दै प्रदर्शकारीहरु पार्कमोड पुगेका छन्। 

कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ।

पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ।


 

कमेन्ट लोड गर्नुस