धनगढीको मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ २४, १०:४९
धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
रोजगारीको शिलशिलामा कोरियामा रहेका धनगढी उपमहानगरपालिका–३ विशालनगरका यादव जोराले आश्रमलाई सहयोग गरेका हुन।
उनकी श्रीमती र छोराले आश्रममै पुगेर सहयोग हस्तान्तरण गरेका थिए। उनीहरुले १५ हजार नगद र २ हजार ८ सय बराबरको खाजा सहयोग गरेको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस