सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग

२०७७ माघ २४, १०:४२ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग प्राप्त भएको छ। कैलाली सुनचाँदी व्यवसायी संघले फाउन्डेसनलाई २५ जोर न्यानो कपडा र खाजा सहयोग गरेको हो। 

संघका अध्यक्ष कमलप्रसाद लामिछाने र कोषाध्यक्ष बिन्दु गहतराज लगायतका पदाधिकारीको टोलीले फाउन्डेसनमा पुगेर सहयोग हस्तान्तरण गरेको थियो। 

कमेन्ट लोड गर्नुस