सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका पूर्वमन्त्री र मेयरले पत्रकारमाथि गरे लात्ता प्रहार

२०७७ माघ २२, ०३:२३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहको आम हड्तालको रिर्पोटिङका क्रममा पत्रकारमाथि कुटपिट भएको छ।

जिल्ला सदरमुकाम महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्व मन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेल लगायतका नेताले पत्रकार मदन गिरीमाथि दुर्व्यवहार गर्दै लात्ता प्रहार गरि कुटपिट गरेका हुन्।

गिरीले हड्तालका कारण अलपत्र गरेका यात्रुहरुसँग कुराकानी गरिरहेका बेला पूर्व मेयर खरेलले को हो ? तिमी भन्दै दुर्व्यवहार गरेको र पूर्वमन्त्री पन्तले लात्ताले प्रहार गरेको दिनेशखबरलाई बताए।

                                                  कुटपिट परेका पत्रकार गिरी 

उनी हड्तालले बसपार्कमा अलपत्र परेका यात्रुसँग कुरा गर्न खोजिरहेकै बेला दुर्व्यवहार र कुटपिटमा परेका हुन्। पूर्व मन्त्री पन्तले भने पत्रकारमाथि कुटपिट गरिएको कुरामा सत्यता नभएको दाबी गरेका छन्।

उनले प्रहरी र केही अन्य व्यक्तिबीच झडप हुँदा बरु आफू छुट्याएको दाबी गरेका छन्। 

पूर्व मेयर खरेलले आफूले पनि पत्रकारमाथि कुटपिट नगरेको दाबी गरे।

‘पत्रकारहरु त रिर्पोटिङ गरिरहनुभएकै थियो, अब कोही मुख ढाकेर आएको हुनसक्छ,’  खरेलले दिनेशखबरसँग भने, ‘एकजना मान्छे भारतबाट आएकाहरुलाई उचाली रहनुभएको थियो। त्यसो किन गर्नुहुन्छ मात्रै भनेका हौँ।’

 

कमेन्ट लोड गर्नुस