सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ९ लाख मुल्यको अबैध सामान बरामद

२०८१ मंसिर ८, ०८:१६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ९ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोक, ट्राफिक चौराहा र ब्यारेल नजिक, धनगढी–३ रिङरोड, गोदावरी नगरपालिका–४, भजनी–३ जसबहादुर घाट, भजनी–८ सोनाफाँटा र टीकापुर नगरपालिका–९ ठोसे बजारबाट ७ लाख २६ हजार मूल्यको अबैध सामान बरामद गरिएको हो।

प्याज, चिनी, बिडी, सुर्ती, मिठाई, चक्लेट, सरफ, साबुन, पास्ता, जुत्ता, चप्पल, कुर्ता, टोपी, सुटपिस, बेल्ट, .बाईक स्प्रे, स्टिगर, लेमिनेशन पेपर, त्रिपाल, साइकल, कस्मेटिक सामान, किरानाका सामान, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान प्रहरी गस्ती टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासाल चोक, भीमदत्त–१० जिमुवा र पुनर्वास–५ कार्किलडाडाबाट २ लाख ४१ हजार ९१० मूल्यको अबैध सामान बरामद गरिएको छ। चिनि, दाल, नारिवल, चक्लेट, साइकलको समान, साडी, सुट कपडा, मोजा, प्लाष्टिक झिल्ली, हाडवेयर लगायतका सामान प्रहरी गस्ती टोलीले बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस