सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुवै नेकपा समूहबीच विवाद भएपछि धनगढीको चौराहामा तनाव

२०७७ माघ २२, १२:४४ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ। 

नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद निम्तिएको हो।

अहिले ओली समूहका कार्यकर्ताले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने अर्को प्रचण्ड–नेपाल समूहले हडतालको अवेज्ञा गरेको भन्दै थुतिएको चाबी फिर्ता नदिने अडान राखेको छ।

 दुवै समूहबीच चर्काचर्की बढेपछि चौराहा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्। 

कमेन्ट लोड गर्नुस